काठमाडाैं,२१ फागुन ।अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) विकास परियोजना कार्यन्वायनको चरणमा अघि बढीसकेको सरकाले बताइरहदा सरकार सम्बद्ध दल नेकपा माओवादी केन्द्रीभित्र आन्तरिक असन्तुष्टि जारी छ । शुक्रबार बसेको पार्टी बैठकमा एमसीसीसम्झौताबारे नेताहरुले खुलेर विरोध जनाए ।
नेकपा माओवादी केन्द्रका तीन नेताहरुले एमसीसी सम्झौताबारे तल्लो कमिटी छलफल लैजानुपर्ने माग गर्दै ’नोट अफ डिसेन्ट’ नै लेखेका छन् । नेचताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने माग गरेका हुन् ।
उनीहरुले प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको, इन्डो–प्यासिफिक स्ट्राटेजीको अंग भएको दाबी गरेका छन् । ‘एमसीसी राष्ट्रहितअनुसार छैन । यस विषयमा तल्लो कमिटीतर्फ लगेर छलफल गर्नुपर्छ,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘पार्टी एकतालाई जोगाइराख्नका लागि यस विषयमा सबै नेताहरुले ध्यान दिनुपर्छ ।’
नेता नाराणकाजी श्रेष्ठलाई केही दिन अघि अध्यक्ष प्रचण्डले पार्टी छाडेर गएहुन्छ भन्ने घुमाउरो भाष प्रयोग गरेको भन्दै असन्तुष्ट छन् । उनले एमसीसी अनुमोदन गलत भएको विचार राख्दै आएका थिए । पार्टीको निर्णय अनुसार पारित गरिएको एमसीसीको विषयमा असन्तुष्टि जनाउँदै श्रेष्ठले विप्लव लगायत साना वाम घटकहरुसँग छलफल गरेर उनीहरुसँग एकताको सन्देश समेत दिएका थिए । श्रेष्ठको देखाएको सिनारियोपछि अध्यक्ष प्रचण्डले नाराणकाजीलाई पार्टीबाट बाहिरिनबाट रोक्नका लागी ठुलै कसरत गर्नु परेको श्रोतको दावी छ ।
शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । दाहालले बाध्यात्मक अवस्थामा एमसीसी अनुमोदन गर्नु परेको बताएका थिए । श्रेष्ठले एमसीसीमा आफ्नो फरकमत रहेको तर पार्टीलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताएका थिए । अध्यक्ष प्रचण्डले नारायणकाजीलाइ यस अघिनै एमसीसीकाे विराेध गर्दैमा सबै कार्यकर्ता र जनता आफ्नाे पक्षमा आइहाल्छन भनेर साेच्नुभएकाेहाेला, त्यसाे हुँदैन् भनेर हप्काएका थिए ।
