• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यले लिए पद तथा गोपनीयताको शपथ


  • 8.6K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

    images

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  सिहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा शपथ दिलाएका हुन् । 

    शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार हुन्।

    नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे,  तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ दिएका छन्।

    उनीहरुको कार्यकाल छ वर्षको हुनेछ।

    66cbbb85-6b2d-442f-b89f-c6554ce1a4a5.JPG

    नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि संघीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ। राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो। 

    समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय ससद्को प्रतिक चिह्न प्रदान गरे। सचिवालयका महासचिव डा.भरतराज गौतमले उनीहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरे।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए। उनीहरुलाई संसद् र संसदीय अभ्यासबारे आजै जानकारी दिने कार्यक्रम समेत राखेको संसद् सचिवालयले जनाएको छ । 


    तेस्रो आँखा