रोल्पा, २२ मंसिर। रोल्पामा सवारी दुर्घटना भएको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर स्थित बसपार्क नजिकै ईभी गाडी दुर्घटना भएको छ।
सुलिचौर बसपार्क जाने क्रममा लुम्बिनी प्रदेश ०१-००१ ज ०१५६ नम्बरको ईभी (ईको भ्यान) ब्याक गर्ने क्रममा ब्रेक फेल भई बाटो बाट करिब ५० मिटर तल खस्न जाँदा गाडी पुर्णरुपमा क्षति भएको प्रहरी नायब निरीक्षक बिनोद जिसीले जानकारी दिनुभएको छ ।
गाडी दुर्घटनाबाट कुनै मानवीय क्षेती भने नभएको गाडीमा चालक यज्ञ बहादुर बुढाथोकी सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक बिनोद जिसीको कमाण्डम-७ जनाको टोली घटना स्थलमा खटिगएको थियो।
