• ट्रेण्डिङ्ग :
शुभकामनाकाे १८ ओैँ साधारणसभा सम्पन्न

शुभकामनाकाे १८ ओैँ साधारणसभा सम्पन्न


  • 2.3K
    SHARES
    • मंसिर २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.5K Views

    शुभकामनाकाे १८ ओैँ साधारणसभा सम्पन्न

     दाङ, २२ मङ्सिर । शुभकामना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे १८ ओैँ साधारणसभा सम्पन्न भएकाे छ । दाङकाे घाेराहीस्थित संस्थाकाे आज शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएकाे हाे । 

    images

    संस्थाका अध्यक्ष आदिम केसीकाे अध्यक्षता तथा सल्लाहकार कृष्णबहादुर कार्कीकाे प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएकाे थियाे । कार्यक्रममा उत्कृष्ट बचतकर्ताकाे रूपमा भानु वली, उत्कृष्ट काराेबारकर्ताकाे रूपमा हस्तमाली  घर्ती मगर, जेष्ठ नागरिकका रूपमा डम्बरबहादुर थापा तथा उत्कृष्ट कर्मचारीका रूपमा बिमला केसीलाई सम्मान गरिएकाे थियाे । 

    कार्यक्रममा संस्थामा सेयर सदस्य तथा जेटिए शङ्कर नेपाल, स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरी लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा सचिव जीवा भुषालले साङ्ठनिक  प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै  सदस्य प्रविण बिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    उपाध्यक्ष विष्णु थापाकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव जीवा भुषालले
    गरेकी थिइन् ।


    तेस्रो आँखा