• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा


  • 3.5K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.4K Views

    प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

    झापा २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नु भएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुग्नु भएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको छ । 

    images

    उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । 

    प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुनुहुने कार्यक्रम छ ।  रासस


    तेस्रो आँखा