• ट्रेण्डिङ्ग :
भौतिकमन्त्री दाहाल मनिला प्रस्थान

भौतिकमन्त्री दाहाल मनिला प्रस्थान


  • 2.4K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.7K Views

    भौतिकमन्त्री दाहाल मनिला प्रस्थान

    काठमाडौँ, २३ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गर्नुभएको छ । मन्त्री दाहाल  ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गर्नुभएको हो । शनिबार राती ९ बजे उनी मनिला प्रस्थान गरेको मन्त्री दाहालको सचिवालयले जानकारी दिइएको छ ।

    images

    दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

    सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषणसम्वन्धि लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्य तालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उहाँका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी हुनुहुन्छ । 

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी हुनेछन् । कार्यक्रम संयुक्त राष्ट्रसङ्घ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसङ्घ क्षेत्रीय विकास केन्द्र, एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार लगानी बैङ्क लगायतका निकायहरूको आयोजनामा हुन लागेको हो । 

    मङ्सिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कनेछ । 


    तेस्रो आँखा