• ट्रेण्डिङ्ग :
उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस

उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस


  • 2.0K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.1K Views

    उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस


    काठमाडौं २४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले गत आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको परिणाम सन्तोषजनक नै रहेको बताएको छ ।

    images

    सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा यसबारेमा सामान्य छलफल समेत भएको छ । बैठकपछि प्रवक्ता प्रकाशशरण महतले उपनिर्वाचनको नतिजापछि कुनैपनि दल उत्साहित वा निरुत्साहित हुन नपर्ने बताउनुभयो ।

    “हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ,” महतले बैठकपछि सञ्चारकर्मीसित भन्नुभयो ।

    स्थानीय तहका ४१ पदमा गत आइतबार उपनिर्वाचन भएको थियो । जसमा नेपाली कांग्रेसले ०७९ सालको निर्वाचनमा जितेका २ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष,एक उपमेयर र तीन वडाध्यक्ष गुमाएको थियो । उपनिर्वाचनले कांग्रेस कमजोर भएको देखिएको टिप्पणीका बीच महतले परिणाम सन्तोषजनक रहेको बताएका हुन् ।


    तेस्रो आँखा