• ट्रेण्डिङ्ग :
प्रेस चौतारी नेपालकाे प्रथम प्रादेशिक अधिवेशन सम्पन्न

प्रेस चौतारी नेपालकाे प्रथम प्रादेशिक अधिवेशन सम्पन्न


  • 8.5K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    प्रेस चौतारी नेपालकाे प्रथम प्रादेशिक अधिवेशन सम्पन्न

    काठमाडाैं,२२ फागुन । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो । प्रदेश १ मा अविजाल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन् ।

    images

    वागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् । उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रेस चौतारी नेपाल

  • तेस्रो आँखा
    लेखकबाट थप