• ट्रेण्डिङ्ग :
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


  • 3.4K
    SHARES
    • मंसिर २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.2K Views

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    रोल्पा,२६ मंसिर  । राेल्पामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएको छ ।  सुनछहरी गाउँपालिका वडा नं।३ डाँङजा स्थित कच्चि सडक खण्ड भित्रीगाम बाट बाहिरी गाम आउदै गरेको ट्याक्टर दुर्घटना भएको छ । 

    images

    मंगलबार राति सवा नौ बजे सुनछहरी गाउपालिका वडा नम्बर ३ मौलाबाङ बस्ने बर्ष ३३ को बर्मान बुढा मगरले चलाएको रा १ त ४१९८ नं।को ट्याकटर दुर्घटना भएको हो । ट्याक्टर चालक बुढा मगरको दुर्घटना स्थलमा मृत्यु भएको जनाइएको छ । 

    ट्याक्टर दुर्घटना भएको खबर प्राप्त पाएपछि राति साडे दश बजेमा प्रहरी घटना स्थलमा पुगेको थियो ।  प्रहरी चौकी गामका प्रहरी सहायक निरीक्षक प्रकाश बिष्टको कमाण्डमा ४ जनाको टोली घटना स्थलमा पुग्दा ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनुभयो । उहाँका अनुसार  ट्याक्टर चालक सडक भन्दा करिब २५० मिटर तल भिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


    तेस्रो आँखा