• ट्रेण्डिङ्ग :
संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक


  • 2.5K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक

    काठमाडौँ, २७ मंसिर । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनु भएको छ ।

    images

    बिहीबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनु भएको हो । उहाँले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले नेपालमा ६८ वर्षको अवधिमा सात वटा संविधान बनेको स्मरण गराउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदाहरण भएको बताउनुभएको छ ।

    उहाँले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल साबित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रूपले उभिन जरुरी रहेको बताउनुभयो । उहाँले भौतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताउनु भएको हो। संविधान विरोधी गतिविधिहरू कुनैपनि हिसाबले क्षम्य नहुने लेखकको भनाइ छ ।

    उहाँले मुलुकमा साइबर अपराधका घटनाहरू बढिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ति व्यवस्था खलबल्याउने आपराधिक क्रियाकलापहरू बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताउनु भएको छ ।

    उहाँले भन्नुभयो ‘पछिल्लो समय साइबर क्राइम बढिरहेको स्थिति छ । साइबर क्राइममा पनि खासगरि घृणात्मक अभिव्यक्तिहरू बढिरहेको पाइएको छ । कसैको व्यक्तिको चरित्र हत्या गरिदिने अथवा समाज समाजका बिचमा द्वन्द्व बढाउने, विशेष, भूगोल, धर्म र भाषाका बिचमा पनि विद्वेष फैलाउनले र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढीरेहेको छ । यो अपराध नियन्त्रणका लागि पनि हामीले कुनै पनि खालको सम्झौता नगरेर निर्मम ढंगले प्रस्तुत हुन जरुरी छ ।’


    तेस्रो आँखा