• ट्रेण्डिङ्ग :
कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु


  • 2.2K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

    बर्दिया, २८ मंसिर । बर्दियामा कुलोमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ  बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै आएकी सबिना थारूकी छोरी २ वर्षीया समयता थारूको सोही ठाउँस्थित रानीपुर कुलोमा डुबेर मृत्यु भएको हो । 

    images

    डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 


    तेस्रो आँखा