• ट्रेण्डिङ्ग :
संसद सेवाको प्रभावकारिताबारे समीक्षा गरौं : अध्यक्ष दाहाल

संसद सेवाको प्रभावकारिताबारे समीक्षा गरौं : अध्यक्ष दाहाल


  • 2.6K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    संसद सेवाको प्रभावकारिताबारे समीक्षा गरौं : अध्यक्ष दाहाल

    काठमाडौँ, २८ मंसिर । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने बताउनु भएको छ।

    images

    शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो।

    उहाँले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौँ भनेर समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले संसदको आवश्यकताअनुसार संसद सेवाको पुनः संरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा राज्यका तीन वटै अङ्गहरूको भूमिका प्रस्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रुपमा प्रयोग भएरनभएको समीक्षा गर्न जरुरी रहेको समेत बताउनुभयो ।

    सचिवालयका कर्मचारी सांसद र सरकारले संसद सेवालाई प्रभाकारी बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उहाँको जोड छ ।


    तेस्रो आँखा