• ट्रेण्डिङ्ग :
ओलीको वितण्डा सामना गर्न संसद भंग हुन सक्छ - नेपाल

ओलीको वितण्डा सामना गर्न संसद भंग हुन सक्छ - नेपाल


  • 8.1K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    ओलीको वितण्डा सामना गर्न  संसद भंग हुन सक्छ - नेपाल

    काठमाडाैं,२२ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन हुनसक्कोने संकेत गरेका छन् । अज संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै  उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन् ।

    images

    ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

    २३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप