• ट्रेण्डिङ्ग :
काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण

काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण


  • 2.0K
    SHARES
    • मंसिर २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.1K Views

    काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण

    काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गर्नुभएको  छ ।

    images

    संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका हो । मंसिर २८ गते शुक्रवार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गर्नुभयो  छ ।

    हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताउनुभयो ।

    नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका पर्वतारोहीलाई सम्मान, पर्वतारोहणमा महत्वपूर्ण भुमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमिकहरूप्रति सम्मान, हिमाली श्रमिकहरूको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको बताउनुभयो । जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे अध्ययन गर्नका लागि आफूहरू प्रत्यक्ष रुपमा हिमाल आरोहण गर्न आएको बताउनु भएको छ।
    उहाँले आफूहरू जलवायु परिवर्तनबाट नेपालमा परेको असर सिङ्गो संसारलाई ध्यानाकर्षण गराउनका लागि हिमाल आरोहण गर्न पुगेको बाउनुभयो ।


    तेस्रो आँखा