• ट्रेण्डिङ्ग :
विश्वका शक्तिशाली देशहरू पनि गरिबी निवारणमा असफल छन : प्रधानमन्त्री ओली

विश्वका शक्तिशाली देशहरू पनि गरिबी निवारणमा असफल छन : प्रधानमन्त्री ओली


  • 2.9K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.4K Views

    विश्वका शक्तिशाली देशहरू पनि गरिबी निवारणमा असफल छन : प्रधानमन्त्री ओली

    काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न असफल भएको टिप्पणी गर्नुभएको छ । आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न असफल भएको टिप्पणी गर्नुभएको हो ।

    images

    विश्वका विकसित देशहरूले जनताको गरिबीको अवस्थालाई सुधार गर्न नसकेको उहाँको भनाई छ । ‘सयौँ वर्षदेखि समृद्धि हासिल गरेका र विकसित देशका रूपमा चिनिएका राष्ट्रहरूले पनि गरिबी निवारण गर्न सकेका छैनन्,’ उहाँले भन्नुभयो, ‘जनतालाई भोकमरी र अभावको अवस्थामा नै छोडिएको छ ।’

    प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी मात्र जनताको हितमा वास्तविक परिवर्तन ल्याउन सक्षम हुने दाबी गर्नुभयो । उहाँले चीनको उदाहरण दिँदै भन्नुभयो, ‘चीनले केही पनि नभएको अवस्थामा हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्दै अभूतपूर्व विकास गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीबाट सिक्न सकिन्छ कि कम्युनिस्ट पार्टीले मात्र जनताको सेवा गर्न सक्छ ।’


    तेस्रो आँखा