• ट्रेण्डिङ्ग :
एमाले देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री ओली

एमाले देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री ओली


  • 4.1K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.3K Views

    एमाले देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री ओली

    काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताउनु भएको छ ।

    images

    आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको बताउनु भएको हो ।

    उहाँले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले देशमासकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्‍याउनका लागि एमाले बनेको बताउनु भएको छ।

    नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको बताउनुभयो । उहाँले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।

    प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताएउनु भएको हो ।


    तेस्रो आँखा