• ट्रेण्डिङ्ग :
गाडी आयात गर्नुभन्दा निर्माण कम्पनी सञ्चालन गर्नुपर्छ : मन्त्री दाहाल

गाडी आयात गर्नुभन्दा निर्माण कम्पनी सञ्चालन गर्नुपर्छ : मन्त्री दाहाल


  • 4.6K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.1K Views

    गाडी आयात गर्नुभन्दा निर्माण कम्पनी सञ्चालन गर्नुपर्छ : मन्त्री दाहाल

    काठमाडौँ, ३० मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गाडी आयातभन्दा उत्पादन गर्ने कम्पनी निर्माण गर्नुपर्ने बताउनु भएको छ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

    images

    नाडा अटो मोबाइल्सले अर्थतन्त्रलाई माथि पुर्याउन महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिइएको भन्दै प्रशंसा गर्नुभयो ।  ‘नेपालको अर्थतन्त्रमा नाडाको महत्त्वपूर्ण योगदान रहेको छ। नेपालमै गाडी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ,’ उहाँले भन्नुभयो,‘नेपालमा गाडी आयात होइन निर्माण गर्ने कम्पनी सञ्चालन गरिनुपर्छ । बाटाघाटा उपर्युक्त भएनन् भने सरकारले सहज गरिदिन्छ ।’

    गाडी आयातभन्दा उत्पादनका लागि भौतिक पूर्वाधार सहज बनाइदिने प्रतिबद्धता समेत उनले जनाए । ‘हामीले रोडसेफ्टीमा ध्यान दिन थालेका छौँ । गुणस्तरीय सुरक्षित सडक निर्माण र वातावरणमैत्री पूर्वाधार निर्माणमा पहल गरेका छौँ’ उहाँले भन्नुभयो । मौद्रिक नीति र वित्त नीति व्यवसायीमैत्री आउनुपर्ने समेत उहाँले बताउनु भएको हो ।

    ‘विद्युतीय सवारी आजको माग छ । मन्त्रालयले यसलाई मध्यनजर गर्दै अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘तर विद्युतीय सवारीमा पनि समस्या छ । ब्याट्री डिस्पोज गर्ने समस्या छ । नेपालको मात्र नभएर यो संसारमा चुनौतीको विषय बनेको छ । समाधानको पहल पनि होला।’ राजनीतिक परिवर्तनका कारण पनि देशको अर्थतन्त्रमा प्रभाव परेको उहाँले बताउन ुभएको छ । 

    राजनीतिका कारण भौतिक पूर्वाधार निर्माण योजनाबद्ध हुन नसकेको  बताउँदै मन्त्री दाहालले भन्नुभयो, ‘आयोजनाको बैङ्क बनायौँ तर बैङ्कअनुसार काम गर्न सकेनौँ,’ उहाँले भन्नुभयो– ‘यस्तै प्राकृतिक विपद्का कारण पनि पूर्वाधारमा क्षति पुगेको छ ।’


    तेस्रो आँखा