• ट्रेण्डिङ्ग :
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित


  • 5.2K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 8.1K Views

    भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

    तुलसीपुर, ३० मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन । राति बाख्राको खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताउनु हुनुन्छ । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताउनु भएको छ ।

    images

    स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका चार वटा बाख्रा मारिदिएको छ । भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकबहादुर थापाले बताउनु भएको हो ।

    “हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिने गरेको छ”, उहाँले भन्नुभयो,“अहिले त हामीले खाना बनाउने कोठामा बाख्रा राख्ने गरेका छौँ ।” खुमखानी सोही वडाको विकट क्षेत्र हो । त्यहाँ प्रहरी पोष्ट नहुँदा पनि यसरी असुरक्षित हुनु परेको उहाँको भनाइ छ ।

    विगत एक महिनायता भालुले यसरी सताउने गरेको हो । अहिले बाख्रालाई मार्ने गरेको भए पनि मानिसलाई पनि क्षति हुनसक्ने भन्दै यसमा सचेत हुनुपर्ने स्थानीय अगुवा जीतबहादुर थापाले बताउनुभयो । रासस


    तेस्रो आँखा