• ट्रेण्डिङ्ग :
दाङमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

दाङमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते


  • 4.4K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.8K Views

    दाङमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

    लमही १ पुस । दाङमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  लमही नगरपालिका वडा नं. ९ स्थित लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजेको समयमा लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।

    images

    कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया तर्फ जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख  कविराज रोकायले तेस्रा आँखालाई जानकारी दिनु भयो । दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको निमित्त प्रमुख कविराज रोकायले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ ।

    दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् । उनीहरुको लमही अस्पतालमा उपचार भई रहेको छ । बस चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । 


    तेस्रो आँखा