• ट्रेण्डिङ्ग :
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : सञ्चारमन्त्री गुरुङ

नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : सञ्चारमन्त्री गुरुङ


  • 2.2K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.4K Views

    नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताउनु भएको छ ।

    images

    सोमवार सिंहदरबारमा आयोजित सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनु भएको हो ।

    उहाँले केन्द्रविरुद्ध अहिले अख्तियारसहितका चार÷पाँच वटा मुद्दाहरू बाँकी रहेको बताउनु भएको छ । उहाँले केन्द्रमा रहेका समस्याहरूलाई समाधान गर्दै नेपालभित्रै अन्तःशुल्क स्टिकरहरू छाप्ने परिस्थितिको निर्माण गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘हामीले सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौं । यस कोषमा अख्तियारसहितका चार÷पाँच वटा मुद्दाहरू होलान् । यसमा रहेका सबै समस्याहरूको समाधान गर्दै त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने परिस्थिति निर्माण गरेर नेपालभित्रै अन्तःशुल्क स्टिकरहरूदेखि लिएर लापूर्जाको कागज, भिसा कार्ड, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी लगायतका वस्तुहरू नेपालमै छाप्ने कुरामा मुद्रण कोषलाई व्यवस्थित गरेर लाग्ने कुरा अगाडि बढ्छौँ । ’

    उहाँले सुरक्षण मुद्रण कोष बेहाल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।


    तेस्रो आँखा