• ट्रेण्डिङ्ग :
अर्ली इलेक्सनकाे कुरा स्थानीय तहकाे निर्वाचन सार्ने बहाना हाे - नेम्वाङ

अर्ली इलेक्सनकाे कुरा स्थानीय तहकाे निर्वाचन सार्ने बहाना हाे - नेम्वाङ


  • 10.2K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    अर्ली इलेक्सनकाे कुरा स्थानीय तहकाे निर्वाचन सार्ने बहाना हाे -  नेम्वाङ

    काठमाडाैं,२२ फागुन । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन् ।

    images

    आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताए । ‘उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ उनले भने ।

    संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको नेम्वाङले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप