• ट्रेण्डिङ्ग :
मस्को विस्फोटमा रुसी जनरल मारिए

मस्को विस्फोटमा रुसी जनरल मारिए


  • 2.3K
    SHARES
    • पौष २, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    मस्को विस्फोटमा रुसी जनरल मारिए

    मस्को २ पुस । रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।

    images

    रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विस्फोटक पदार्थले विस्फोट गराएको बताउनुभयो ।

    प्रवक्ताले भन्नुभयो,“अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ । रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन् ।”

    पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ । हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ । रासस


    तेस्रो आँखा