• ट्रेण्डिङ्ग :
अपराध नियन्त्रण गर्न सरकार कटिबद्ध छ : गृहमन्त्री

अपराध नियन्त्रण गर्न सरकार कटिबद्ध छ : गृहमन्त्री


  • 2.4K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    अपराध नियन्त्रण गर्न सरकार कटिबद्ध छ : गृहमन्त्री

    रुपन्देही ३ पुस । गृहमन्त्री रमेश लेखकले सरकार चोरी तस्करी र अपराध नियन्त्रणमा सदैव कटिबद्ध रहेको बताउनुभएको छ । 

    images

    नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले पछिल्लो समयमा नयाँ नयाँ खालको अपराधहरू बढ्दै जान थालेकाले नियन्त्रणका लागि यसतर्फ सजग हुन जरुरी भएको बताउनुभयो । उहाँले, लागुऔषध, आत्महत्या, सवारी दुर्घटना, मानव तस्करी, कुटपिट, यौनजन्य हिंसा जस्ता पुराना खालका अपराधसँगै वित्तीय र प्रविधिको प्रयोगबाट हुने अपराध पनि बढ्न थालेकाले त्यसलाई नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

    लोकतन्त्रमा कानुनको परिधिमा रहेर र मर्यादामा रहेर अरूको स्वच्छ आलोचना गर्न पाइने भए पनि कपोकल्पित धारणा बनाएर अरूको चरित्रहत्या गर्ने, धार्मिक सामाजिक विखण्डन ल्याउने जस्ता अपराध बढ्न थालेकाले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नु पर्ने उहाँले बताउनुभयो ।

    ‘समाजलाई दूषित पार्ने काममा संलग्नसँग कुनै पनि सम्झौता हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा विधिले शासन गर्ने हो, भिडले होइन ।’ पछिल्लो समयमा चेक बाउन्स लगायतका वित्तीय अपराध बढेको उहाँको भनाइ थियो ।  पछिल्लो समय साइबर अपराध पनि बढिरहेको जनाउँदै यसलाई निस्तेज पार्न सुरक्षा अधिकारीलाई ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा