• ट्रेण्डिङ्ग :
त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता


  • 2.3K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.5K Views

    त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ । 

    images

    ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ’, ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्नु भएको छ, ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’ ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने बताउनु भएको छ ।

    ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्‍याएरै छाडिने छ’, उहाँको भनाइ छ । प्रधानमन्त्रीलाई मंगलबार त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि गठन भएको शारदाप्रसाद त्रिताल नेतृत्वको आयोगले आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको थियो । ओलीले २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट त्रितालकै नेतृत्वमा आयोग गठन गरेको स्मरण गर्दै ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको समेत आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । 


    तेस्रो आँखा