• ट्रेण्डिङ्ग :
सबै क्षेत्रको समानतामूलक विकासले मात्रै मुलुकको विकास सम्भव : देउवा

सबै क्षेत्रको समानतामूलक विकासले मात्रै मुलुकको विकास सम्भव : देउवा


  • 2.4K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.6K Views

    सबै क्षेत्रको समानतामूलक विकासले मात्रै मुलुकको विकास सम्भव : देउवा

    काठमाडौँ ३ पुस । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामूलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको बताउनु भएको छ ।

    images

    बुधवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान र कानुनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएको भएपनि व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।

    दलित वर्गलाई राज्यका निकायहरूमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतीको विषय रहेको भन्दै त्यसतर्फ गम्भीर समीक्षा गर्दै राज्यले पहलकदमी लिन आवश्यक रहेको बताउनु भयो । सदियौँदेखि उपेक्षित, उत्पीडित वर्गको राज्यमा समान हक र पहुँच बिना समृद्धिको नारा दिएर मात्रै देश अघि बढ्न नसक्ने बताउनु भयो । सामाजिक र सांस्कृतिक रूपान्तरणको मुद्दालाई व्यवहारिक कार्यान्वयन गर्न सरकार, राजनीतिक दल, दलित समुदायसहित सिङ्गो समाज एकाकार भएर लाग्नुपर्ने बताउनुभयो । सभापति देउवाले दलित वर्गको हक, अधिकार र समावेशिताको विषय दलित समुदायको मात्रै नभई गैर दलित समुदायको पनि विषय भएको बताउनुभयो ।


    तेस्रो आँखा