• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री डा. राणा  जर्मनीबाटै भारत प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा  जर्मनीबाटै भारत प्रस्थान


  • 2.1K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.2K Views

    परराष्ट्रमन्त्री डा. राणा  जर्मनीबाटै भारत प्रस्थान

    काठमाडौं, ४ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गर्नुभएको थियो । जर्मनीमा रहँदा उहाँले यौनिक र लैङ्गिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाउनु भएको हो । 

    images

    सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैङ्गिक अल्पसंख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गर्नुभएको छ । साथै, उहाँले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औंल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गर्नुभयो ।


    तेस्रो आँखा