घोराही ४ पुस । ग्लोबल ए.टु जेड कन्सल्टेन्स सर्भिस प्रालिको आयोजनामा एवं नेपाल वन एचडी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको समन्वयमा लैंगिक समानता र समाजिक समावेशीकरण प्रबर्द्धनका लागि महिला पत्रकार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल एटु जेट कन्सल्टेन्सका कार्यकारी प्रवन्धक निदेशक प्रदिप मजगैंयाको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाकी उममेयर हुमा डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
समानता र समावेशीताका लागि महिला सञ्चार शक्ती भन्ने मुल नारा सहित बुधबार भिंग्रेली भिलेज रिपोर्ट घोराहीमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले अहिलेको समय संचारमा बाधिएको बताउनुभयो । उहाँले विभिन्न संस्थासंग समन्वय गरेर महिला पत्रकारहरुका लागि समावेशीताको कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उपमेयर डिसीले दाङका विभिन्न समाचारहरु राष्ट्रिय स्तरका पत्रपत्रिकाबाट प्रसारण हुदाँ गर्भ महशुस गरेको बताउनुभयो ।
नेपालको संविधानमा नै नेतृत्व गर्ने ठाउँमा एक जना महिला अनिवार्य रुपमा रहने व्यवस्था गरेको छ उहाँले भन्नुभयो, आज महिला उपमेयर, पत्रकार महासंघको अध्यक्ष, नेपाल सरकारको मुख्य सचिव, प्रधानन्यायाधीश तथा राष्ट्रपति पनि महिला भएका छन, यो खुशीको कुरा हो । उहाँले नेतृत्वमा बस्ने महिलाहरुले काम गर्ने क्रममा हार मान्न नहुँने बताउनु भयो । सबैले अधिकार मात्र खोज्ने अधिकार पाएपछि आफुले गर्ने काम पनि बिर्सिने प्रवृत्ति बढेको पनि बताउनु भयो । महिलाहरु इमानदारी एवं असल हुने भएकाले महिलाहरु सबै ठाउँमा नेतृत्व गर्न चाहदैनन्, र राखेपनि निर्णय लिने कुरामा पुरुष नै अग्रसरता हुने गरेको उपमेयर डिसीले बताउनुभयो ।
उक्त अवसरकका विशिष्ट अतिथि एवं प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले आफुले दाङमा रहेर पत्रकारिता गर्ने क्रममा महिला पत्रकारिता नभएको बताउनु भएको छ । ,महिलालाई प्रकाशक एवं सम्पादनको भुमिका नाम मात्रको दिइएको छ, उहाँले भन्नुभयो, पत्रकारहरुले नै कसरी पत्रकारिताको क्षेत्रलाई आकर्षक बनाउने भन्ने बारेमा अग्रसर हुन आवश्यक छ, । उक्त अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र नेपाल वान एचडीकी अध्यक्ष मोनिका सिंहले भनाइ राख्नुभएको थियो।
लैगिंक समानता र समाजिक समावेशीकरण प्रबर्द्धनका लागि पत्रकार अभिमुखिकरण अन्तर्गत पहिलो चरणमा ग्लोबल ए.टु जेट कन्सल्टेन्सका कार्यकारी निर्देशक प्रदिप मजगैयाले दिगो विकास, लैंगिक समानता, लैंगिकता र लिंग, समाजिक समावेशीकरण र लैंगिक मुलप्रवाहिकरणको बारेमा अभिमुखिकरण गर्नुभएको थियो। साथै दास्रो चरणमा नयाँ युग्बोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्यले लैंगिक समानता र समाजिक समावेशीकरण प्रबर्द्धनमा सञ्चारको भुमिका, आम सञ्चारमा महिला, लैंगिक मैत्री र महिला मैत्री सोच र लैंगिक र समाजिक समानताका पक्षमा सञ्चारको योगदानको बारेमा अभिमुखिकरण गराउनु भएको थियो ।
तेस्रो चरयणमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले समाचारमा लैंगिक संवेदनशीलता, लैंगिक संवेदनशीलता मिडिया, महिला उत्तरदायी सञ्चार निर्देशिका २०७६, पत्रकार र सञ्चार माध्यमले गर्न नहुने, मिडियामा लैंगिक भाषा र सामग्री तथा मिडियामा लैंगिक भाषा र सामाग्री, संवेदनशीलताका बारेमा अभिमुखिकरण गराउनु भएको हो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका निवर्तमान अध्यक्ष निर्मला गौतम (पोख्रेल)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मानव कल्यान तथा वातावरण संरक्षण केन्द्रकी सचिव माया पोख्रेलले गर्नुभएको थियो । कार्याक्रममा दाङका पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।
