काठमाडौँ, ४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा मेलम्चीको पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
गएराति मेलम्ची खानेपानी बितरणका लागि काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशन लगायतको एरियामा स्थलगत रुपमा पुग्नु भई छड्के अनुगमन गर्दै मन्त्री यादवले पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गरी नागरिकलाई चाडो शुद्ध मेलम्चीको पानी बितरण गर्न निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, “पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्नुस्, नागरिकले शुद्ध पानी पाए नपाएको बारे घर घरै गएर बुझनु होला ।”
यसैगरी नयाँ पाइपलाइन मध्ये केहि केही ठाउँमा पानी लिकेज भई चुहावट भईरहेकाले सो चुहावटलाई मर्मत गरी पानी सुचारु गरी अन्तिम परीक्षण कार्य सम्पन गर्न समेत मन्त्री यादवले मातहतका कर्मचारी एवं कामदारहरुलाई निर्देशन दिनुभयो ।
काठमाडौँ उपत्यकामा सहज रुपमा मेल्मचीको पानी बितरणका लागि खानेपानीका नयाँ पाइपलाइन बिछ्याउन थालिएको छ । सोही क्रममा मन्त्री यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
उक्त छड्के अनुगमनमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
