घाेराही, ६ पुस । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले क्षेत्रका २७ वटै वडाहरूमा प्रतिनिधि खटाएकाे छ । क्षेत्रिय समितिकाे आज घाेराहीमा बसेकाे बैठकले वडाहरूमा प्रतिनिधी खटाएकाे हाे ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले हरेक वडामा क्षेत्रबमट प्रतिनिधि खटाएकाे छ । जसमा बंगलाचुली १ मा धनेश्वर आचार्य, २ मा तेजमणी दाहाल, ३ मा मधुसुदन अधिकारी, ४ मा पदमराज शर्मा, ५ मा हिमाल महरा, ६ मा दिनेश नेपाली, ७ मा प्रज्ञान रेग्मी, ८ मा हरिबहादुर घर्ती र बदरूदिन राईनलाई खटाएकाे छ ।
यस्तै घाेराही उपमहानगरपालिका वडा नम्बर ४ मा निमबहादुर चाैधरी, ६ मा देवा सुवेदी र झगबहादुर बस्नेत, ७ मा युवराज आचार्य, ८ मा गाेपालप्रसाद भुषाल, ९ मा शान्ता घिमिरे र जयभाेला परियार, १० मा रमेशकुमार पाण्डेय, ११ मा रेखा केसी र लक्ष्मी गिरी थापा, १२ मा जगुलाल चाैधरी र शारदादेवी दाहाल, १३ मा ताराबहादुर डि.सी, १४ मा चित्रबहादुर डाँगी र जंगबहादुर जि.सी, १५ मा हिमबहादुर डाँगी, १६ मा दानबहादुर बुढाथाेकी, १७ मा पार्वती याेगी, १८ मा आर.के.शीतल र १९ मा कमल गाैतमलाई खटाईएकाे छ ।
यसैगरि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा हिमबहादुर रावत, १७ मा गाेवर्द्धन डाँगी र राधाकुमारी भण्डारी, १८ मा खुमा खड्का र १९ मा बालिका पन्तलाई खटाईएकाे छ ।
बैठकले वडा सम्मेलनकाे विषयमा छलफल गर्नकालागि यही पुस २२ गते पार्टि कार्यालय घाेराहीमा क्षेत्रका पालिका र वडा सभापतिहरूसँग अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेकाे क्षेत्रिय सचिव आर.के.शीतलले जानकारी दिनुभयाे । बैठकले नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्व मन्त्री पि.एल सिंहकाे निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनमा गहिराे समवेदना व्यक्त गर्ने निर्णय गरेकाे छ ।
