• ट्रेण्डिङ्ग :
तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौंः मुख्यमन्त्री आचार्य

तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौंः मुख्यमन्त्री आचार्य


  • 1.8K
    SHARES
    • पौष ६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.8K Views

    तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौंः मुख्यमन्त्री आचार्य

    रुपन्देही, ६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनु भएको छ । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताउनु भयो । 

    images

    प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताउनु भयो । ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउछ । तिलौराकोट देखी नवलपरासीको रामग्राम सम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ’ उहाँले भन्नुभयो, ‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासँग जोड्नेगरी यो अवधारणा हामिले अघि सारेका हौं । बृहत रुपमा लुम्बिनी सर्किटको अवधारणा छ ।’ 

    पर्यटकीय स्थलहरुलाई नवीतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेगरी अघि बढाउन आवश्यक रहेको भनाई उहाँको छ । पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृती तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने बताउनु भयो । ‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरुमा संक्रिट मोह बढ्दै गएका छन् । त्यसलाई निरुत्साहित गर्न जरुरी छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘काठ र स्थानीय सामाग्रीको प्रयोग गरेर आकृती बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।’

    प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण देखि कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो । बर्दियमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेको बताउदै अव देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न प्रचारप्रसार अभियानलाई तिब्र पार्न आह्वान गर्नु भयो । ‘देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न जरुरी छ’ उहाँले भन्नुभयो, ‘यसकालागि समुदायको सक्रियता, तपाईहरुको सक्रियता बढ्न जरुरी छ ।’ सामुदायिक वन क्षेत्रभित्र बुद्ध राष्ट्रिय उद्यान निर्माण हुदा एउटा पर्यटकीय गन्तब्य बन्न सफल भएको समेत उहाँले बताउनु भयो ।

    बुद्ध सामुदायिक वन उपभोक्ता समुहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्धन गर्नेउद्देश्यले काठबाट विभिन्न आकृती निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन विसं २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९ सय ९३ उपभोक्ता प्रत्येक्ष जोडिएका छन् । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्मारिका समेत विमोचन गर्नु भएको थियो ।


    तेस्रो आँखा