बांके,०६ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन भएको छ । लुम्बिनी प्रदेशको नेपालगन्ज बाँके मा कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अग्रवालले समाजमा भएका विकृति विसंगतिहरुको बारेम खबरदारिको भुमिका पत्रकारले खेल्नुपर्ने बताए । दलित पत्रकारले आफ्नो मुद्दा संगै समाजको मुद्दाहरु बाहिर ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो । देशको अर्थतन्त्र विकासमा समेत पत्रकारको भुमिका महत्वपुर्ण भएको उहाँको भनाई थियो। दलित समाजको उत्थानको लागि आफू सदैव लागि पर्ने मन्त्री अग्रवालले बताउनुभयो।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पत्रकारहरूलाई समाजको मुद्दा हरुलाई प्राथमिकताका साथ उजागर गर्दै आफ्नो ९दलितको० मुद्दालाई पनि प्राथमिकताका साथ हेरी निरन्तर कलम चलाउन सुझाब दिएका थिए। दलित समुदायको उत्थान र परिवर्तनको लागि सबैभन्दा बढी महत्वपूर्ण भूमिका पत्रकारको भएकाले पत्रकारहरु सशक्त भएर लाग्नुपर्ने बताएका थिए।
कार्यक्रममा जनप्रतिनिधि, दलित अधिकारकर्मी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय कार्यसमिति, प्रदेश कार्यसमिति साथै विभिन्न जिल्लाका पदाधिकारीहरु, विभिन्न संघ संगठनका प्रतिनिधि, लगायतको उपस्थित थियो।
