• ट्रेण्डिङ्ग :
रोल्पामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

रोल्पामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु


  • 4.6K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.0K Views

    रोल्पामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

    रोल्पा, ७ पुस । रोल्पामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका ६ काजवाङ तेरा बस्ने बर्ष ३९ वर्षीय लक्ष्मण दमाई रहेका छन । उनकाे घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले तेस्रो आँखालाई जानकारी दिनुभएको छ ।

    images

    जिल्लाको माडी गाँउपालिका वडा-६ हान्निङ स्थित भित्रि सडक खण्डमा हान्निङ देखि मेलडाडाँ तर्फ वालुवा लिएर जादै गरेकाे  रा.४त.८६१ न.को ट्याक्टर ओरालो बाटोमा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। ट्याक्टर सडक देखि करिब ३ सय मिटर तल खसेको छ। 

    उक्त ट्याक्टरका चालक दाङको घोराही उपमहानगरपालिका- ८ का २६ वर्षीय राजेश चौधरी सकुशल रहेको र उनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

    घटनाकाे बारेमा  जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देबसिंह भण्डारीको कमाण्डमा-६ जनाको टोलि  घटना स्थलमा पुगेकाे थियाे । 


    तेस्रो आँखा