• ट्रेण्डिङ्ग :
तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुंदा दुई जना घाइते, एककाे अवस्था गम्भीर

तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुंदा दुई जना घाइते, एककाे अवस्था गम्भीर


  • 3.7K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.7K Views

    तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुंदा दुई जना घाइते, एककाे अवस्था गम्भीर

    तुलसीपुर, ७ पुस । तुलसीपुरमा माेटर साईकल दुर्घटना हुंदा दुई जना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी ३१ बर्षिया पंकज खत्री र राेल्पा जिल्लाकाे परिवर्तन गाउँपालिका २ निवासी ३१ बर्षिया दिल प्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे  । घाइते मध्ये पंकजकाे अवस्था गम्भीर छ ।

    images


    उहाँका अनुसार तुलसीपुरबाट जसपुरतर्फ जादै गरेकाे रा.३प ६४९३न. काे माेटर साइकल आइतबार दिउँसो ४ बजेकाे समयमा टरिगाउँ एयर्पाेट नजिकै अनियन्त्रत भई दुर्घटना भएको थियाे । थापाका उहाँका अनुसार  घाइते दुई जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा समान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज काेलपुरमा रिफर गरिएको छ ।


    तेस्रो आँखा