• ट्रेण्डिङ्ग :
विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ : डा. रामवरण यादव

विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ : डा. रामवरण यादव


  • 4.3K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.6K Views

    विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ : डा. रामवरण यादव

    काठमाडौँ, ८ पुस । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताउनु भएको छ ।

    images

    सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउनु भएको हो । उहाँले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरूमा निर्वाचन भएको स्मरण गर्नुभयो । उहाँले सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महसुस आफूले गरेको बताउनुभयो । उहाँले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महसुस हुने जानकारी दिनुभयो । उहाँले लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताउनु भएको हो ।

    उहाँले भन्नुभयो ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरूमा चुनाव भएको छ । आधा भन्दा बढी जनसंख्या भएका ठाउँहरूमा चुनाव भएको छ, यो २०२४ सालमा । अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ । संसारमा डेमोक्रेसीको क्षयीकरण भइरहेको छ । सुन्दाखेरि नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ । जबकि लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो ।’

    प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताउनु भयो ।


    तेस्रो आँखा