• ट्रेण्डिङ्ग :
रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल


  • 2.2K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.4K Views

    रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

    काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल बन्नु भएको छ।

    images

    उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको कार्यवाहक प्रवक्ता मनिष झाले मकालुखबरलाई बताउनु भएको छ ।

    ‘रवि लामिछानेको सिफारिस र सचिवालय बैठकबाट उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय पारित भएको छ,’कार्यवाहक प्रवक्ता झाले भन्नुभयो।

    रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो।

    जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। सभामुख देवराज घिमिरले भने यस विषयमा निर्णय गरिसकेका छैनन् ।

    लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।


    तेस्रो आँखा