लमही/ दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा परी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी जनाव लमही नगरपालिका वडा नम्बर ७ निवासी २६ वर्षीय गणेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
वडा प्रहरी कार्यालयले काममा खटाएका चौधरी लमही वडा नम्बर ७ स्थित कर्णाली खोलामा सोमबार बेलुवा सवा ८ बजेको समयमा दुर्घटनामा परेका थिए । उनलाई उद्धार गरी लमही अस्पतालमा पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
