गुल्मी १० पुस । धुर्कोट गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ । गाउँसभा सदस्यको मृत्यु भएपछि पालिकाले बिहीबार शोक बिदा दिएको हो । धुर्कोट गाउँपालिका वडा नम्बर – ४ का गाउँसभा सदस्य चुराबहादुर थापाको ६१ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो ।
गाउँसभा सदस्य थापाको असामयिक निधनले गाउँपालिका परिवार अत्यन्तै स्तब्ध भएको बताइएको छ । दिवंगत थापा प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्मानमा भोलि शोक बिदा राखिएको हो ।
धुर्कोट गाउँपालिकाअन्तर्गत रहेका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघ–संस्थाहरु एवम् सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा शोक बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।
