• ट्रेण्डिङ्ग :
पर्सामा गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल र उपाध्यक्ष फुलमतिबीच कुटाकुट

पर्सामा गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल र उपाध्यक्ष फुलमतिबीच कुटाकुट


  • 6.6K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    पर्सामा गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल र उपाध्यक्ष फुलमतिबीच कुटाकुट

    काठमाडाैं,२४ फागुन । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी बारे विवाद बढ्दै जाँदा कुटाकुटको अवस्था आएको हो ।  उपाध्यक्ष चौधरीले गाउँसभामा भएको निर्णय माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।

    images

    अध्यक्ष जयसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हानेको बताएका छन् । जयसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलननै गरेर उपाध्यक्षले आफूलाई दुव्र्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
    कुटपिटले चोटपटक र डाम बसेको उपाध्यक्ष चौधरीको दाबी छ ।

    ‘आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए, अध्यक्ष जैसवालले भने, ‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै उग्र हुन थालिन्,’ त्यसपछि मैले नम्र भएर कुरा गर्नुस् भनेको थिएँ । यदि समस्या छ भने सम्बन्धित निकायमा मुद्दा गर्नुस्, यति भनेपछि उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तल उठाएर हिकाइन् ।’उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएको कर्मचारीहरुको भनाइ छ  ।

    घटनको फुटेज सीसीटीभी क्यामेरामा कैद भएको उनीहरू बताउँछन् । कार्यालयमै अध्यक्षमाथि दुर्व्यवहार भएपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यलय बाहिर निकालेको अध्यक्षले बताए । उपाध्यक्षले भने अध्यक्षकै निर्देशनमा वडाध्यक्ष लगायतको समूहले आफूलाई एउटा कोठामा चुकुल लगाएर थुनेको समेत बताएकी छन् । उनले भनीन,‘कुटपिटले मेरो शरीरमा डाम बसेको छ,’ ‘छाती र पिठ्युँमा चोट लागेको छ । कारबाहीको लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’ यो सँगै अध्यक्ष जयसवालले समेत उजुरी गर्ने बताएका छन् ।  


    तेस्रो आँखा
    लेखकबाट थप