• ट्रेण्डिङ्ग :
नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित


  • 14.6K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 22.5K Views

    नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित

    काठमाडाैं,२४ फागुन । नेपाली कांग्रेसनिकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनबाट पोखरेल पुनस् अध्यक्षमा निर्वाचित भएका हुन् । पाेखरेलले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरेका छन् । 

    images

    महाधिवेशनबाट २९ पदाधिकारीसहित १०१ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली आएका छन् । यसैगरी प्रदेशतर्फका उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर वन, मधेस प्रदेशबाट राजकिशोर राउत, वागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दीपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णालीबाट चन्द्रबहादुर खड्का र सुदूरपश्चिम उध्यक्षमा धर्मबहादुर देउवा निर्वाचित भएका छन् ।

    यस्तै महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार राैनियार, पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सैजुवाल, श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन् ।

    महासचिवमा जनकबहादुर रावल, उपमहासचिव इन्दु शर्मा र गणेश भण्डारी, खुला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भूपेन्द्र अधिकारी, जनजाति सचिव शान्तराज राई, मधेसी सचिव चिन्तन आचार्य र कोषाध्यक्ष प्रयास घिमिरे निर्वाचित भएकाे नव निर्वाचित अध्यक्ष गाेपालप्रसाद पाेखरेलले जानकारी दिए ।  


    तेस्रो आँखा
    लेखकबाट थप