• ट्रेण्डिङ्ग :
अजरबैजानको विमान खस्नुमा रुस जिम्मेवार हुनसक्छ : अमेरिका

अजरबैजानको विमान खस्नुमा रुस जिम्मेवार हुनसक्छ : अमेरिका


  • 2.0K
    SHARES
    • पौष १३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.1K Views

    अजरबैजानको विमान खस्नुमा रुस जिम्मेवार हुनसक्छ : अमेरिका

    काठमाडौं, १३ पुस । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने प्रारम्भिक सङ्केत अमेरिकाले पाएको जनाएका छन् । डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो ।

    images

    किर्बीले त्यसबारे थप व्याख्या गरेनन् । तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए । चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ । तर पछि उक्त विमान त्यसो नगरीकन क्यास्पिअन सागरतर्फ मोडिँदै काजाकस्तानतर्फ लागेको थियो जहाँ त्यो दुर्घटना हुन पुग्यो ।

    यसबारे क्रेमलिनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ । तर रुसी नागरिक उड्डयन निकायले चेचन्याको अवस्था त्यसमा हुने युक्रेनी ड्रोन हमलाका कारण निकै जटिल रहेको जनाएको छ । किर्बीका अनुसार अमेरिकाले पाएका सङ्केत दुर्घटनाग्रस्त विमानका व्यापक रूपमा फैलिएका तस्बिरभन्दा भिन्न रहेको जनाएको वासिङ्टन पोस्टले लेखेको छ ।

    अजरबैजानका उड्डयन विज्ञ र अन्यले ‘इलेक्ट्रोनिक जामिङ’का कारण विमानको जीपिएस प्रणालीहरू प्रभावित भएको र त्यसपछि त्यो रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर नस्ट भएको बताउनु भएको  छ । अजरबैजानले रुसलाई आरोप नलगाए तापनि उक्त विमान “बाह्य हस्तक्षेप”को मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्यहाँका यातायात मन्त्रीले बताउनु भएको छ । (बीबीसी


    तेस्रो आँखा