काठमाडौं, २४ फागुन। श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८२ रनले पराजित गरेको छ ।
नेपालले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३०.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १५ रनमात्र बनाउन सक्यो ।
नेपालका पवन सर्राफले तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९६ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भिम सार्कीले २८,विवेक यादवले २६ र पवनले २२ जोडेका थिए । त्यस्तै सन्दिपले अविजित १४ रन थपेका थिए ।
३०.४ को स्थितीमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवनले पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै उकासेका थिए ।
यसअघि पहिलो खेलमा नेपाल एक सय ११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको नेभी एक सय तीन रनमा समेटिएको थियो ।
नेपालले मार्च ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।
