काठमाडौं, १५ पुस । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताउनु भएको छ ।
आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताउनु भएको हो । रुसमाति कुनै प्रतिशोध राख्न आवश्यक नरहेको उहाँको भनाई छ ।
रुसले जानेर गल्ती नगरेको भन्दै उहाँले रुससँग प्रतिशोध राखेर अजरबैजान अघि नबढ्ने बताउनु भएको छ ।
