• ट्रेण्डिङ्ग :
हाजिरीजवाफ प्रतियोगितामा माउन्ट भ्यु प्रथम

हाजिरीजवाफ प्रतियोगितामा माउन्ट भ्यु प्रथम


  • 4.5K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 7.0K Views

    हाजिरीजवाफ प्रतियोगितामा माउन्ट भ्यु प्रथम

    दाङ, १५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । आज सोमबार जिल्लाको घोराहीस्थित मेचीकाली सेकेन्डरी स्कुलमा कार्यक्रम सम्पन्न भएको हो । 

    images

    कार्यक्रममा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलका सलिना पौडेल, रक्षा शर्मा र अनस न्यौपानेको समूह प्रथम,  गुरूकुल एकेडेमीका अंशु खनाल, सोहन खनाल र आर्यान घर्तीको समूह द्वितीय,  गोरखा मावि तुलसीपुरका प्रतीक्षा पुरी, शिशिर सुनार र विकास बस्नेतको समूह तृतीय  र अमर इङलिस बोर्डिङ स्कुलका निशान दशौदी, आशुतोष खरेल र मौसकी रोका मगर सान्त्वना भएका छन् । 


    प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारी , प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए भने हाजिरीजवाफको सहजीकरण राजेन्द्र चन्दले गरेका थिए ।
    ब्लवबलब
    ब्लवबलब ऋजबगमजबचथ


    तेस्रो आँखा