• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु


  • 2.0K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.1K Views

    लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

    दाङ १६ पुस । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो ।

    images

    प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।


    तेस्रो आँखा