• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश राजधानीको भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न

लुम्बिनी प्रदेश राजधानीको भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न


  • 2.4K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    लुम्बिनी प्रदेश राजधानीको भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न

    देउखुरी १७ पुस । लुम्बिनी प्रदेश राजधानीको भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ । पहिलो चरणमा मुख्यमन्त्री कार्यालय र अन्य ९ मन्त्रालयका भवन निर्माण भइरहेका छन् भने दोस्रो चरणमा प्रदेशसभाका केहि भवनहरू छन् ।

    images

    पहिलो चरणका भवनहरू धेरैजसोमा अहिले रङ्गरोगनको काम भइरहेका छन् । भवन निर्माणसँगै ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम पनि तीव्र भइरहेका छन् । राजधानी निर्माणको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत रहेको प्रदेश राजधानी निर्माण आयोजना प्रमुख ईश्वर राज जोशीले बताउनु भयो ।

    २०७९ फागुनदेखि सुरुभएको भवन निर्माणको काम २०८२ पुसमा सम्पन्न गर्ने सम्झौता छ । कुल ३ अर्ब ९ करोड लागत रहेको भवन निर्माणको जिम्मा शर्मा सगुन जेभी काठमाडौँले पाएको छ । हाल लुम्बिनी प्रदेशको प्रशासनीय काम राप्ती प्राविधिक शिक्षालय र राप्ती गाउँपालिकाको भवनहरूबाट सञ्चालन हुदै आएको छ ।


    तेस्रो आँखा