• ट्रेण्डिङ्ग :
विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण

विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण


  • 1.7K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 2.6K Views

    विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण

    काठमाडौँ १७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

    images

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । 

    राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 


    तेस्रो आँखा