• ट्रेण्डिङ्ग :
तुलसीपुरमा आज र भोली विद्युत महशुल बुझाउने काउन्टर बन्द हुने

तुलसीपुरमा आज र भोली विद्युत महशुल बुझाउने काउन्टर बन्द हुने


  • 3.7K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.7K Views

    तुलसीपुरमा आज र भोली विद्युत महशुल बुझाउने काउन्टर बन्द हुने

    तुलसीपुर १८ पुस । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महशुल बुझाउने काउन्टर दुई दिन बन्द हुने भएको छ । तुलसीपुर वितरण केन्द्रको सर्भरमा समस्या आएकाले दुई दिन विद्युत महशुल बुझाउने काउन्टर बन्द हुने प्राधिकरणले जनाएको छ ।

    images

    सर्भर मर्मतका लागि काठमाडौं पठाउने भएकाले बिहीबार र शुक्रबार महशुल बुझाउने काउन्टर बन्द हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।  

    ‘यस तुलसीपुर वितरण केन्द्रको सर्भरमा समस्या आएकाले मर्मत गर्न काठमाडौं लैजानु पर्ने भएको र विद्युत महशुल काउन्टर सञ्चालन गर्न कठिनाई भएकाले पुस १८ र १९ गते दुई दिन विद्युत महशुल भुक्तानी हुने काउन्टर बन्द हुने जानकारी गराइन्छ प्राधिकरणले सूचनामा भनेको छ’ ।


    तेस्रो आँखा