• ट्रेण्डिङ्ग :
पाल्पामा भारतीय स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पामा भारतीय स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते


  • 2.3K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    पाल्पामा भारतीय स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

    पाल्पा १८ पुस । पाल्पामा भारतीय  स्कारपियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । हिजो बेलुका बगनासकाली गाउँपालिका – ३ आर्यभन्ज्याङ नजिक पोखराबाट बुटवलतर्फ जाँदै  गरेको स्कारपियो दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो ।

    images

    बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियो सडक भन्दा करिब एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । 

    दुर्घटनामा परी बिनयी त्रिवेणी गाउँपालिका नवलपरासीका चालक २१ वार्षिय सुमित मिश्र सोही स्थानका २८ वार्षिय दिपनारायण तिवारी, भारत मोतिहारी ४ रघुनाथका १८ वार्षिय अबिजी कुमार, १८ बर्षकै मनु कुमार, सोही स्थानका १८ वार्षिय बिकास कुमार र २१ वार्षिय निखिल कुमार रहेको लुम्बिनी मेडिकल कलेज  तानसेनले जनाएको छ । दुर्घटनाका घाइतेहरू सबैको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको  छ ।


    तेस्रो आँखा