• ट्रेण्डिङ्ग :
२५ जना क्षमताको कारागारमा १०५ कैदीबन्दी

२५ जना क्षमताको कारागारमा १०५ कैदीबन्दी


  • 1.7K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.7K Views

    २५ जना क्षमताको कारागारमा १०५ कैदीबन्दी

    गुल्मी १८ पुस । गुल्मी जिल्ला कारागारमा २५ जनाको क्षमता रहेकोमा तीन गुणाभन्दा बढी कैदीबन्दीहरू बस्न बाध्य छन् । कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरू भोग्नुपरेको र कैदीबन्दीहरुलाई पर्याप्त खेलमैदान नहुनु, आर्थिक उपार्जनका लागि उद्योगहरू खोल्नका लागि पनि समस्या भएको छ ।

    images

    २५ जनाको क्षमता रहेको (ङ)वर्गको कारागारमा अहिले १०५ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदी पुरुष ६९ जना, थुनुवा २९ जना,  महिला कैदी पाँच जना र थुनुवा दुई जना गरी १०५ जना कारागारमा कैदी बन्दीहरू रहेका छन्  । 

    भवन पनि जीर्ण रहेकाले समस्याहरू अझ थपिँदै गएको छ भने हाल सम्म दुःख सुख चलाउँदै आएको र अझ कैदीबन्दीहरु थपिए भने समस्या झन विकराल बन्दै जाने पन्थीको भनाइ छ ।  यस्तै कारागार परिसरमा पानीको समस्या, सेफ्टी ट्याङ्कीको समस्या र सुरक्षा गार्ड भवनको पनि समस्या झेल्न बाध्य भएको उहाँको भनाइ छ ।  

    यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो हुनुपर्नेमा जोड दिनुभयो । कारागारमा पर्याप्तता खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरूका लागि उद्योग दर्ता नहुनुका साथै उचित व्यवस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उहाँको भनाइ छ । भवन जीर्ण हुनुले पनि कैदीबन्दीलाई समस्या उत्पन्न हुनाले समयमै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

    जिल्ला कारागार गुल्मीमा सिनीयर अहेवको दरबन्दी भएपनि लामो समय सम्म कर्मचारी नहुँदा समस्या झेल्नु परेको र अहिले उक्त समस्याको पनि समाधान भएको प्रमुख पन्थीले बताउनुभयो । 

    २०७७ साल जेठ देखी कर्मचारी स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरूलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको थियो । गत वर्षदेखी उक्त समस्या समाधान भएकाले अहिले कारागारमै स्वास्थ्य परीक्षण हुने गरेकाले सहज भएको उहाँको भनाइ छ ।


    तेस्रो आँखा