• ट्रेण्डिङ्ग :
निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने


  • 8.5K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

    काठमाडौं, २५ फागुन। नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ। 

    images

    आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो। पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताए। 

    उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन्। ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए।

    पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए। 

    सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा। महतले तर, के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए।

    ‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन्। सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकेको छ।

     


    तेस्रो आँखा